कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

बुधबार, वैशाख १२, २०८१
honor mob  winter sales

काठमाडौं । सर्वोच्च अदालतको आदेश पश्चात् अन्त्तत:नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य  टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ।

Honor x7 pad

आज संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै सर्वोच्चको आदेश अनुसार सांसद गुरुङको निलम्बन फुकुवा गरेको जानकारी दिएको हो ।

गत चैत १६ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले निलम्बन फुकुवाको आदेश दिएको थियो ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरूङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेपछि संसद सचिवालयले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ ९घ० र दफा ३३ बमोजिम मुद्धाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन गरेको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्