१ क्विन्टल सुन बरामद प्रकरण: अहिलेसम्म १० जना पक्राउ

बिहीबार, साउन ४, २०८०
honor mob  winter sales

काठमाडौं । १ क्विन्टल सुन बरामद प्रकरणमा पक्राउ पर्नेको संख्या १० जना पुगेको छ।

Honor x7 pad

राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन्। पक्राउ परेका  पुष्करलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएर पक्राउ गरेको हो। उनी ग्लोबल प्रालिका सञ्चालक हुन्। 

त्यस्तै  श्रेष्ठलाई विभागले कोटेश्वरबाट पक्राउ गरेको हो यसअघि एक कम्पनीका प्रोप्राइटर राजन श्रेष्ठलाई पनि कोटेश्वरबाटै पक्राउ गरेको हो।

सुन बरामद प्रकरणमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेललाई पक्राउ गरेको छ। उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागले उच्च अदालत पाटनसँग अनुमति लिएको छ।

यही सुन बरामद प्रकरणमा चिनियाँ नागरिक लिन जेछियाङ यस प्रकरणका मुख्य भूमिकामा देखिएको हुँदा  पक्राउ परेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २३:१७
प्रतिक्रिया दिनुहोस्