जीप र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

बुधबार, वैशाख १२, २०८१
honor mob  winter sales

दमक। झापामा जीप र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। 

Honor x7 pad

शिवसताक्षी नगरपालिका -८ झिलझिलेमा आज बिहान भएको जीप र मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

झापा प्रहरीका अनुसार दमकबाट सुरुङ्गा जाँदै गरेको मे३प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-००१च९३२९ नम्बरको जीप ठोक्किँदा मोटरसाइकल सवार तीनै जनाको मृत्यु भएको हो। मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

तिब्र गतिमा आएका दुबै सवारीसाधन एकआपसमामा ठोक्किँदा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले जीप र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्