पुरुष र महिला होटेलमा झुन्डिएको अवस्थामा भेटिए, महिलाकी छोरीको उद्दार

मंगलबार, वैशाख ११, २०८१
honor mob  winter sales

जनकपुर। जनकपुरको एक होटेलमा महिला र पुरुष महिला मृत फेला परेका छन् । जनकपुरको रामानन्दचोकस्थित होटेल होलिडे एण्ड गेष्ट हाउसको कोठा नम्बर २०५ मा झुन्डिएको अवस्थामा मृत फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

प्रहरीका अनुसार आज दिउँसो होटेलको उक्त कोठाबाट बच्ची रोइरहेको आवाज सुनेपछि गेष्ट हाउसका कर्मचारी आएर झ्यालबाट हेर्दा एक महिला र पुरुष झुन्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर भएको थियो।

प्रहरी होटेलमा आएर ढोका फोडेर भित्र पुग्दा २ वर्षकी छोरी रोइरहेको फेला परेको थियो। मृतक पुरुष महोत्तरीको पिपरा गाउँपालिका-३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीकै लोहारपट्टि नगरपालिका-४ खटटाकी २५ वर्षीया प्रियंका कापर रहेको धनुषा प्रहरीले जनाएको छ। उनको माइत पिपरा नै रहेको बताइएको छ।

मृतक हितेन्द्र विवाहित हुन् भने उनका ४ र प्रियंकाका १ छोरी  छन् । होटेलमा रुने उनैकी २ वर्षीया   छोरी हुन् । उनीहरु ४ दिन देखि उक्त होटेलमा बस्दै आएको होटेल सन्चालकले प्रहरी जानकारी गराएको धनुषा प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्