नेपालगन्जको लोनियनपुरुवाबाट पेस्तोलसहित तीन जना पक्राउ

मंगलबार, वैशाख ११, २०८१
Honor 600 pro

नेपालगन्ज । बाँकेमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ लोनियनपुरुवाबाट नेपालगन्ज २३ का सदराम बागवान, सोही ठाउँ बस्ने साकिर अली बागवान र वडा नम्बर १४ बस्ने हुसेन बागवानलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए।

भे.६ प. ४९०२ नम्बरको होण्डा साइन मोटरसाइकलमा सवार तीनै जनालाई शंका लागेर चेकजाँच गर्दा हुसेनको साथबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको  12KF96  लेखेको गोली १ थान, मोबाइल ३ थानसहित सोमबार अपराह्नमा नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका उनीहरुसँग थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रबक्ता डाँगीले बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्