दुई महिनामै सिन्धुलीका एसपी विनोद शर्मा हेडक्वाटर तानिए

सोमबार, वैशाख १०, २०८१
honor mob  winter sales

काठमाडौं । प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) नक्सालले सिन्धुलीका प्रहरी प्रमुख एसपी विनोद शर्मालाई आज फिर्ता बोलाएको छ।

Honor x7 pad

गत फागुन २ गते मात्रै सिन्धुली सरुवा भएका एसपी शर्नालाई फिर्ता बोलाइनुको कारण भने प्रधान कार्यालयले केही बताएको छैन। तर, गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार एसपी शर्मालाई फिर्ता बोलाइएको प्रहरी श्रोतले बतायो।

यसअघि पनि २३ चैतमा गृहमन्त्रीको निर्देशन बमोजिम आधा दर्जन जिल्ला कमाण्ड  गरिरहेका सपीको अवधि नपुग्दै प्रहरी प्रधान कार्यालय जिम्मेवारी खोसेको थियो।

महोत्तरीको कमाण्ड सम्हालेको १ महिना १५ दिनमै एसपी श्याम राई र सर्लाहीका एसपी दयानिधि ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयले तानेको थियो। त्यस्तै ६ महिनामै बाँकेका एसपी सुवासचन्द्र बोहरा र अवधि नपुग्दै बाराको कमाण्ड गरेका एसपी सुरेश काफ्ले पनि ७ महिनामै तानिएकाअ थिए। एसपी मित्रबन्धु शर्मा पनि धनुषाबाट ५ महिनामै  तानिएका हुन्। रौतहटको कमाण्ड सम्हालेका एसपी महेन्द्रकुमार श्रेष्ठ पनि ७ महिनामै तानिएका थिए।

लामिछाने गृहमन्त्री बनेपछि अवधि नपुग्दै एसपीहरुको जिम्मेवारी खोस्दै उनीहरुमाथि आर्थिक अनियमितता र कमाण्ड गर्न नसकेको प्रहरी प्रधान कार्यालयले आरोप लगाउदै आएको छ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्