हतारिएर कम्युनिष्ट एकता गर्ने पक्षमा नरहेको प्रचण्डको खुलासा

सोमबार, वैशाख १०, २०८१
honor mob  winter sales

काठमाडौं । हतारिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले    बताएका छन् ।  नेकपा एमालेको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुराको खुलासा गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरू नरहेको जिकिर गरेका थिए । 

Honor x7 pad

प्रधानमन्त्रीले यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको बताए । उनले अहिले कम्युनिष्ट पार्टीहरूबिच सहकार्यको सुरुवात भएको भन्दै जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर रहेको बताए । उनले जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुने दाबी गरे । उनले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढिकरणमा इमानदार भएर लाग्नु आजको आवश्यकता भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो बेलामा अलि बढी हौसिएछ की, समय भन्दा अगाडि नै दौडिइएछ की भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले । त्यसकारण अहिले हामी सहकार्य शुरु गरेका छौँ, राम्रो सहकार्य गरौँ । यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिऊँ । त्यसो हुँदै गयो भने राजनीतिक दलहरूको बीचमा, कम्युनिष्टहरुको बीचमा स्वतः नै आधार भूमि तयार हुन्छ, एकताको, समझदारीको । त्यो ढंगबाट जानु ठिक हुन्छ ।"

प्रधानमन्त्रीले फेरि थपे- "हामी संविधान कार्यान्वयनको, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणको जुन बिन्दुमा छौँ, समाजवादको आधार तयार पार्ने कुरामा हामी सहमतिका साथ संविधानमा उल्लेख गरेका छौँ, त्यसमा इमानदार भएर लाग्ने आजको आवश्यकता हो।"

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्