१६ जना प्रहरीलाई ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

सोमबार, वैशाख १०, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आफूखुसी गैरहाजिर भएका १६ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन जारी गरेको छ।

नक्सालले आज एक सूचना जारी गर्दै सम्पर्कमा नआएका प्रहरी नायब निरीक्षक , प्रहरी हवल्दार र जवान गरि १६ जनालाई ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयले उनीहरुलाई गैरहाजिर हुनुको स्पष्टीकरणका साथ प्रहरी कार्यालयमा हाजिर हुन निर्देशन दिदै तोकिएको समयमा हाजिर नभएमा प्रहरी सेवाबाट हटाएर कारबाही गरिने जनाएको छ।

 आफूखुसी गैरहाजिरको नामावली-

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्