एनसिबी प्रमुख कन्फ्रेन्समा भाग लिन आईजीपी कुँवर फ्रान्स प्रस्थान

सोमबार, वैशाख १०, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । नेशनल सेन्ट्रल ब्यूरो काठमाडौंका प्रमुखसमेत रहेका प्रहरी प्रमुख इन्टरपोल सचिवालयले आयोजना गरेको १९ औं 'हेड अफ एनसिबी कन्फ्रेन्स' मा सहभागी हुन फ्रान्स प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

Honor x7 pad

उक्त कन्फ्रेन्समा 'अ युनाइटेड फ्रन्ट अगेनेष्ट द थ्रेट अफ ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम लगायत अन्तर्राष्ट्रियस्तरमा हुने अपराध नियन्त्रण सम्बन्धमा इन्टरपोलक सबै १९६ राष्ट्रका एनसिबी प्रमुखसँग हुने छलफलका लागि आईजीपी कुँवर फ्रान्स गएका हुन् ।

साथै प्रहरी प्रमुख कुँवरले समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिका विषयहरूमा भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हरेक वर्ष हुने एनसिबी प्रमुखहरुको बैठक यसपटक अप्रिल २३ देखि २५ अप्रिलसम्म आयोजना हुँदैछ।

आईजीपी कुँवरले आफू सोमबार  फ्रान्स प्रस्थान गर्नुअघि   दैनिक प्रशासनिक कामकाजको लागि निमित्त प्रहरी प्रमुखको जिम्मेवारी एआईजी टेकप्रसाद राईलाई दिएका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्