इलाम पुगेर प्रदीप पौडेलले इलामेली जनतालाई भने-विशेष सजग हुँदै मताधिकार प्रयोग गर्नुहोला

आइतबार, वैशाख ९, २०८१
Honor 600 pro

इलाम । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेल इलाम पुगेका छन् ।  इलाम-२ का नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई जिताउन इलाम पुगेका नेता पौडेलले  आगामी बैशाख १५ को उपनिर्वाचन देशकै राजनीतिको दिशानिर्देश गर्ने निर्वाचन भएको बताउँदै इलामेली जनतालाई विशेष सजग बनेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।

खड्काको चुनावी प्रचार अभियानलाई सम्बोधन गर्दै पौडेलले सो आग्रह गर्दै भने-" यो उपनिर्वाचन सरकार बनाउन र भत्काउन महत्वपूर्ण होइन तर यो कस्तो सिद्धान्त बोक्नेलाई जनताले अबको नेतृत्व गर्न योग्य छ भनेर निर्देश गर्ने निर्वाचन हो ।" नेता पौडेलले थपे, "यो कस्तो सिद्धान्त बोक्नेलाई जनताले अबको नेतृत्व गर्न योग्य छ भनेर निर्देश गर्ने निर्वाचन हो ।"

उनले थपे,‘यो निर्वाचन सामान्य उपनिर्वाचन मात्रै होइन । यो नेपालको राजनीतिक दिशा निर्देश गर्ने पूर्व जानकारी को एउटा संकेत पनि हो ।’

इलाम-२ मा सम्पूर्ण नेपालीको ध्यान केन्द्रित भएको भन्दै पौडेलले देशलाई जिम्मेवार ढङ्गबाट अघि बढाउने सिद्धान्त बोक्नेहरुको जित आवश्यक रहेको र यसका लागि डम्बरबहादुर  खड्का उपर्युक्त उम्मेदवार रहेको दाबी गरे ।

पौडलले भने,‘यो निर्वाचनमा सिङ्गो देशको ध्यान केन्द्रित भएको छ । सबै राजनीतिक दलहरु यो निर्वाचनलाई आगामी दिनको राजनीति कसरी अघि बढ्छ भन्ने अनुमान गरेर लागि परेका छन् । मिडिया, सञ्चार माध्यमहरुले पनि यो निर्वाचन बाट आउने परीणामले देश कस्तो सिद्धान्त बोक्नेहरुको मनोबल बढ्छ भनेर प्रचार प्रसार गरिरहेका छन् । बुद्धिजीवीदेखि आम नागरिक सम्म यो निर्वाचनले देशको ध्यान केन्द्रित गरेको छ र यो निर्वाचनको परिणामले यो देशलाई कुन मोडमा लैजान्छ भनेर बहस गरिहरेका छन् । त्यसैले यो उपनिर्वाचन हाम्रो देशको आगामी दिनको संकेत गर्ने एउटा महत्वपूर्ण घडी हो ।’ उनले थपे, ‘त्यसले यो निर्वाचनमा कसलाई जिताउने भन्ने अधिकार यहाँका आम नागरिकमा छ । तपाईंले हाल्ने एउटा भोटले एउटा प्रतिनिधि मात्रै छनोट गर्दै हुनुहुन्न, यो देश कुन सिद्धान्तले अघि बढोस् भन्ने निर्णय पनि गर्दै हुनुहुन्छ ।’ 

शनिबार कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्नाले पनि कांग्रेसले  आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै खड्कालाई जिताउन इलामेली जनतालाई आग्रह गरेका थिए। खड्काको घरदैलो प्रचारप्रसारमा महामन्त्री शर्मा इलाममै छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्