सामुदायिक वनमा लागेको आगो घरमा सल्किएपछि ७१ वर्षीया महिलाको मृत्यु

आइतबार, वैशाख ९, २०८१
honor mob  winter sales

रुकुम पश्चिम। रुकुम पश्चिममा आगलागी हुँदा ७१ वर्षीया महिलाको  मृत्यु भएको छ। 

Honor x7 pad

बाफिकोट गाउँपालिका-३ स्थित  भत्नीगारे सामुदायिक वनबाट फैलिएको आगो स्थानीय ७१ बर्षीया बुदी कामीको घरमा फैलिएको थियो।

आज अपराह्न पौने ४ कामीको दुई तले घरमा आगो फैलिएपछि भित्रै रहेका उनको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ। 

घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बाफुकोटबाट गएको टोलीले उद्दारको प्रयास गरेपनि कामीलाई बचाउन सकेन। साँझ ५ बजे उनको शवलाई प्रहरीले बाहिर निकालेको हो।

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्