जमुनाह नाकाबाट भारत लैजादै गरिएको ५६ हजारको चुरोटसहित दुई पक्राउ

आइतबार, वैशाख ९, २०८१
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्जको जमुनाह नाकाबाट भारत लैजादै गरेको अवस्थामा प्रहरीले खुकुरी चुरोट बरामद गरेको छ। प्रहरीले चुरोट ओसारपसारमा संलग्न दुई जनालाई समेत पक्राउ गरेको छ।

Honor x7 pad

इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले नेपालगन्ज-१५ स्थित जमुनाह नाकाबाट आज ४५२ प्याकेट खुकुरी चुरोट बरामद गरेको छ। जमुनाह प्रहरीको चेकजाँचका क्रममा अवैध रुपले भारत लैजादै गरिएको ५६ हजार ४८ रुपैयाँको खुकुरी चुरोट बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

बरामद गरिएको चुरोट र परेका दुई जनालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले बाँकेले जानकारी दिएको छ।

जमुनाह प्रहरीले बैशाख ५ गते पनि अवैध रुपले भारत लैजादै गरेको १ लाख ५८ हजार ७२० रुपैयाँको १२ सय ८० प्याकेट खुकुरी चुरोट बरामद गरेको थियो। उक्त चुरोट तस्करीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो। 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्