केपी ओली अस्वस्थ भएपछि ईश्वर पोखरेलको अध्यक्षतामा एमाले प्रतिनिधि परिषद् बैठक 

आइतबार, वैशाख ९, २०८१
Honor 600 pro

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि ललितपुरको गोदावरीमा जारी एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा उपस्थित भएका छैनन् । परिषद्को उद्घाटन गरेका ओली आज अस्वस्थ बनेपछि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा आजको प्रतिनिधि परिषद् बैठक सुरु भएको छ।

अध्यक्ष ओली रुखाखोकीले ग्रसित बनेर घरमै आरम गरिरहेको नेकपा एमालेले जनाएको छ।

बैठकमा देशभरबाट आएका २ हजार ४५४ प्रतिनिधि सहभागी छन् । आज ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिएपछि महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिने छ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्