लुम्बिनीका कृषि मन्त्री भण्डारीलालले दिए राजीनामा

गठबन्धनलाई नैतिकताको पाठ सिकाउन राजीनामा दियौं: अध्यक्ष अशोक यादव
आइतबार, वैशाख ९, २०८१
honor mob  winter sales

दाङ । लुम्बिनी सरकारका कृषि तथा भूमी व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । जनता समावादी पार्टी (जसपा) लुम्बिनी संसदीय दलका नेतासमेत रहेका मन्त्री अहिरले लुम्बिनीको मन्त्रीबाट राजीनामा दिएका हुन् ।

Honor x7 pad

जसपालाई पूर्वनिर्धारित सम्झौता अनुसार दुई मन्त्रालय दिने सहमतिको मुख्यमन्त्री जोखबहादुर महराले उल्लंघन गरेपछि मन्त्री अहिर सरकारबाट बाहिरिएको लुम्बिनी जसपा अध्यक्ष अशोक यादवले जानकारी दिएका छन् ।

साथै गठबन्धनका साथीहरुलाई नैतिकताको पाठ समेत सिकाउनका लागि मन्त्री पदबाट अहिरले राजीनामा दिएको अध्यक्ष यादवले बताए।

राजीनामा दिदै अहिरले मुख्यमन्त्री महरा लगायत नेकपा एमाले र माओवादी केन्द्रले सहमति कार्यान्वयन नगरेको हुँदा आफु सरकारबाट बाहिरिएको बताए । उनले भने-' सरकारबाट आफू बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै रहेको छ।'

गत चैत २५ गते बिनाविभागीय मन्त्री नियुक भएका बाँकेका अहिरले राजीनामा दिएको पत्र प्रदेश सभामा पठाइसकेको अध्यक्ष यादवले बताए।

राजीनामा पत्र-

सहमतिपत्र-

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्