'राई दाइले ५ हजार खाएको उजुरी परे प्रहरीले थुन्ने, करोड खानेलाई सलाम गर्नुपर्ने?': विश्वप्रकाश

शनिबार, वैशाख ८, २०८१
honor mob  winter sales

इलाम।  बैशाख १५ गते इलाममा हुने उपनिवार्चनमा नेपाली कांग्रेसलाई भरोसा गर्न इलामेली जनतालाई  महामन्त्री विश्वप्रकाश शर्माले आग्रह गरेका छन् । आज इलामको चोकबजारमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसले सधै जनताको पक्षमा काम गरेको भन्दै कहिँ कतै बेइमानी नगरेको बताए।

Honor x7 pad

महामन्त्री शर्माले उपप्रधान तथा  गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनैपर्ने बताए । मकै पोलेकी आमाले थोरै थोरै पैसा जम्मा गरेर सहकारीमा गएर जम्मा गर्ने अनि त्यही पैसा अर्कैले कुम्ल्याउने राम्रो नभएको उनले बताए । गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने महामन्त्री शर्माले बताएका हुन् । 

उनले दोषी भए कारबाही होस् मुक्त भए स्वागत गरौँ भनी  बताएका छन् । कांग्रेसका दुवै महामन्त्रीले २०४६ साल यताका सबै सार्वजनिक पदमा आसिनहरुको सम्पत्ति छानबिन गर्नुपर्ने भनी संसदमा प्रस्ताव दर्ता गराएको स्मरण गराउँदै महामन्त्री शर्माले गृहमन्त्री लामिछानेले पनि सहज रुपमा छानबिन गर्न दिनुपर्ने बताए । 

रवि लामिछानेले सबै कुरा स्वीकार गर्ने तर छानबिन गर्न स्वीकार नगर्ने यो दुर्भाग्य भएको बताए । उनले इलामेली  एक सोझो राई दाइको उदाहरण दिँदै भनले राई दाइले पाँच हजार खायो भनेर उजुरी पर्यो भने प्रहरीले लगेर जाने अनि ८० करोड खायो भनेर उजुरी पर्यो भने प्रहरीले सलाम गर्नुपर्ने ? भनेर उनले प्रश्न गरे

टीभीमा काम गर्ने रवि लामिछाने र सहकारीको ठगी गर्ने रवि लामिछाने एकै हो कि हैन ? छानबिन गरे स्पष्टै हुने पनि महामन्त्री शर्माले बताए ।  संघीयतामा विश्वास गर्ने पार्टी रास्वपाले किन बझाङ १ (क) मा उम्मेदवार खोइ त ? भनी प्रश्नसमेत गरे । 

रास्वपाका एक कार्यकर्ताको भनाइलाई उद्धृत गर्दै नेता शर्माले कांग्रेस छाडेर संघीयता नमान्नेको पछाडि लागेकाले अहिले पार्टीमा प्रवेश गरे लाज हुने भन्दै बैशाख १५ मा भने कांग्रेसलाई नै भोट हाल्ने बताएको सुनाए । 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्