वर्तमान सरकार माघ नकट्ने गगन थापाको भविष्यवानी

शनिबार, वैशाख ८, २०८१
honor mob  winter sales

इलाम । अहिलेको सत्ता गठबन्धन आगामी माघ महिना नकट्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । इलाममा आज आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धन माघ कट्न नसक्ने बताएका हुन् ।

Honor x7 pad

महामन्त्री थापाले गत २०७९ मा गरिएको गठबन्धनले जनतालाई धोका दिएको बताए।साथै चुनाव अघिको माओवादीसहितको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको र चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाइ गर्ने समय आएको थापाले बताए। 

महामन्त्री थापाले चुनाव अघिको गठबन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताउँदै इलामबाट इलामेली जनताले नेपालमा चुनाव अघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी भएको बताए।

" म कसम खाएर भन्दिनँ, तर पनि म दाबी गरेर इलामेली जनताको अगाडि भन्न सक्छु, आज २०८१ बैशाख ८ गते । बर्तमान सत्ता गठबन्धनले आगामी २०८१ माघ महिना कटाएछ भने फेरि म इलामेली जनताको माझमा जवाफ दिन आउनेछु। मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको। चुनाव अघिको गठबन्धन जनतालाई धोका हो। चुनावको अघिको गठबन्धन बेइमानी हो। चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रता अपहरण हो। चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो। त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले बिदाइ गर्ने बेला आएको छ। चुनावअघिको गठबन्धनले हाम्रो राजनीतिक विकृत बनाएको छ। आज इलामले सिंगो देशलाई गुन लगाउने बेला आएको छ। अब देशमा गठबन्धन चल्दैन भनेर इलामेली जनताले सन्देश दिने समय आएको छ।" महामन्त्री थापाले भने।

इलामको चोक बजारको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसबाट उम्मेदवार बनेका डम्बरबहादुर खड्कालाई मतदान गरि जिताउन आग्रह गरेका छन् ।


 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्