निरंकुश सामन्ती व्यवस्थाको पुनर्स्थापना नहुने केपी ओलीको दाबी

शनिबार, वैशाख ८, २०८१
honor mob  winter sales

ललितपुर । मुलुकमा निरकुंश राजतन्त्र कहिले पनि नफर्किने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

Honor x7 pad

आज ललितपुरको बालकुमारीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिनिध परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताउँदै  राजतन्त्र फर्काउन खोज्ने कुनै पनि प्रयास सफल हुने सम्भावना नरहेको बताएका छन् ।

अध्यक्ष ओलीले आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनःस्थापना नहुनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गरेका हुन् । 

ओलीले लोकतान्त्रिक गणतन्त्र विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनस्र्थापना हुनै नसक्ने जिकिर गर्दै  प्रतिकुल राजनीतिक शक्ति सन्तुलनका बीचमा पनि सकारात्मक शक्तिहरुलाई गोलबन्द गर्दै स्थायित्वका लागि प्रयास गर्नु, राष्ट्रियताका आघात पुग्ने सम्भावनाप्रति चनाखो रहनु तथा समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई अगाडि बढाउन एमालेले प्रभावकारी भूमिका खेल्नुपर्ने पनि बताए । 

अध्यक्ष ओलीले नेपाली जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने काममा एमाले गम्भिर भएर लाग्नुपर्नेसमेत बताएका थिए।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्