नेकपा एमालेको गोदावरीमा महाधिवेशन प्रतिनिधि परिषद् बैठक (फोटोफिचर)

शनिबार, वैशाख ८, २०८१
Honor 600 pro

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रतिनिधि परिषद्को उद्घाटन गरेपछि बैठक सुरु भएको छ। आजदेखि  ललितपुरस्थित सनराइज हल गोदावरीमा बैठक सुरु भएको हो।

अध्यक्ष ओलीले बैठक शुभारम्भ गर्दै जनताको आशा र भरोसालाई एमालेले सम्बोधन गरि छाड्ने दृढ़ता व्यक्त गरेका छन् । ओलीले पार्टीको तर्फबाट राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्ने छन् । प्रतिनिधि परिषद् बैठकमा देशभरबाट केन्द्रीय सदस्यसहित २ हजार ४५४ प्रतिनिधिहरु जम्मा भएका छन् । तीन दिनसम्म बैठक चल्ने छ।

 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्