पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १० जना घाइते

शनिबार, वैशाख ८, २०८१
honor mob  winter sales

पाल्पा । जन्ती बोकेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । गएराति पाल्पाको निस्दी-३ खाँदरबाट सहलकोट जाँदै गरेको जन्ती बोकेको लु१ज २५३५ नम्बरको जीप खाँदरमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

जीप दुर्घटनाका १० जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने चालक घटना लगत्तै फरार भएको पाल्पा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कच्ची सडक रहेको खाँदरमा दुर्घटनाग्रस्त जीपमा १७ जना सवार रहेको थिए। दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि रामपुर लगिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले फरार रहेका जीप चालकको खोजीकार्य गरिरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्