माछा मार्ने क्रममा खोलामा डुबेर १४ वर्षीय मिँयाको मृत्यु

शनिबार, वैशाख ८, २०८१
Honor 600 pro

तम्घास । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका-६ खैरेनीका १४ वर्षीय बालक युवराजदिन मियाँको माछा मार्ने क्रममा बडीगाड खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी रिडीले जानकारी दिएको छ।

मिँया शुक्रबार अपराह्नमा माछा मार्न खोलामा गएर साँझसम्म नफर्किएपछी खोजतलास गर्ने क्रममा बडीगाड   खोला केही तल किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

रिडी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्