अवैध रुपले औषधि बेचबिखन गर्ने दुई मेडिकलमा ताला

शनिबार, वैशाख ८, २०८१
honor mob  winter sales

बागलुङ । अवैध रुपले औषधि बेच्ने दुई मेडिकल बन्द गरिएको छ। बागलुङमा अवैध रुपले औषधि बेचबिखन गर्ने

Honor x7 pad

धौलाश्री मेडिकल र बुद्ध डेन्टललाई जिल्ला प्रशासन कार्यालय बागलुङ र औषधि व्यवस्था विभाग काठमाडौंको टोलीले अनुगमन गर्दै सो कुरा फेला पारेपछि बन्द गरेको हो।

धौलाश्री मेडिकल औषधि व्यवस्था विभागमा दर्ता नभएको र स्वास्थ्यमा प्रतिकुल औषधि बेचबिखन गरेको फेला पर्दा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ।

सम्बन्धित व्यवसायीको अनुपस्थितिमा गैरव्यक्तिले अनाधिकृत रुपमा उपचार गरी औषधि बेचबिखन गरेको, विभागमा दर्ता नभएका औषधि भण्डारण गरी बेचबिखन  गरेको, लागू मनोद्विपक औषधिको रेकर्ड नराखेको पाइएपछि औषधि जफत गरी तत्कालका लागि मेडिकल बन्द गरिएको बताईएको छ । 

अनुगमनका क्रममा देखिएका कमजोरीका विषयमा तीन दिनभित्र औषधि व्यवस्था विभागमा सम्बन्धित व्यवसायीलाई कारणसहित उपस्थित हुन लिखित रुपमा निर्देशन गरिएको छ। 

त्यस्तै अस्पताल रोडको बुद्ध डेन्टल होम पनि बन्द गरिएको छ । डेन्टल होम सञ्चालनका लागि आवश्यक पर्ने कागजपत्र फेला नपरेको र सञ्चालकसमेत फेला नपरेकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएर डेन्टल होम बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाग्लुङले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्