कांग्रेस क्षेत्र नं.१ बाँकेले गर्यो शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण

शुक्रबार, वैशाख ७, २०८१
honor mob  winter sales

कोहलपुर  । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम गरेको छ । कोहलपुरमा आज नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।

Honor x7 pad

क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्व एवम् केन्द्रिय सदस्य गोपाल दहितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य दहितले कांग्रेसले आफूलाई बलियो बनाउने गरी संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । 

नागरिकको भरोसा कांग्रेसप्रति नै रहेको भन्दै दहितले पार्टीलाई सशक्त ढंगले अघि बढाउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका रहने बताए । अहिलेको सरकार कमजोर धरातलमा निर्माण भएको जिकिर गर्दै उनले स्वार्थ समूहहरुको गठजोड दीर्घकालीन नहुने ठोकुवा गरे । गलत प्रबृत्तिलाई ढाकछोप गर्न यो सरकार उद्यत रहेको चर्चा गर्दै उनले सहकारी पीडितलाई न्याय दिलाउन कांग्रेस सशक्त भएर लाग्ने दृढता व्यक्त गरे । 

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल , पूर्व क्षेत्रिय सभापति  माधवराम खत्री, महाधिवेशन प्रतिनिधि लूटबहादुर रावत, महासमिति सदस्य पूर्ण आचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रमको समापन गर्दै क्षेत्रीय सभापति केसीले सत्ता गठबन्धनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको आरोपलाई ढाकछेप गरेर सरकार बचाउने खेलमा लागेको बताए।  केसीले भने- "सहकारी प्रकरणमा गृहमन्त्री भएकै कारण प्रहरी मुद्दा चलाउन नमानेको हो।" सरकारले  गृहमन्त्रीको छानबिनका लागि संसदीय छानबिन समिति अनिवार्य रुपले बनाउनै पर्ने केसीले बताए। कार्यक्रमको सञ्चालन सचिव जयश्वर पौडेलले गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्