जसपाकी हसिना खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

शुक्रबार, वैशाख ७, २०८१
honor mob  winter sales

काठमाडौं । समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथ लिएकी छिन् ।  जनता समाजवादी पार्टी ( जसपा ) बाट समानुपातिक सांसद बनेकी  खानलाई आज सिंहदरबारमा  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराएका हुन्। 

Honor x7 pad

मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । 

जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् । 

उनको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिस गरिएको थियो । शुक्रवार सभामुख घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्