सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ३५ बढी घाइते

शुक्रबार, वैशाख ७, २०८१
Honor 600 pro

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको त्रिपूरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै ३५  जना बढी  घाइते भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा४ख ५६१६ नम्बरको बस आज सवा ७ बजे  बिहान दुर्घटनामा परेको हो।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन।

बस दुर्घटनाका गम्भीर घाइतेहरुलाई खाडिचौर अस्पताल र अन्य सामान्री घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे  लागिएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्