नेकपा एसका दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
कैलाली । नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता सोडारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आज मुख्यमन्त्री नियुक्त भएका हुन् ।
उनलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ १७:४२
प्रतिक्रिया दिनुहोस्