भारत लैजान लागिएको १२ सय ८० प्याकेट चुरोटसहित तीन जना पक्राउ

बुधबार, वैशाख ५, २०८१
Honor 600 pro

नेपालगन्ज । नेपालगन्जको जमुनाह नाकाबाट भारततर्फ लैजादै गरिएको अवस्थामा प्रहरीले तीन जना व्यक्तिसहित १२ सय ८० प्याकेट चुरोट बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक रविन्द्र बमको कमाण्डको टोलीले चेकजाँचका क्रममा  आज बिहान जमुनाह हुँदै भारततर्फ लैजादै गरेको उक्त १२ सय ८० प्याकेट खुकुरी चुरोटसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

बाँके प्रहरीले बरामद गरिएको १ लाख ५८ हजार ७२० रुपैयाँको खुकुरी चुरोटसहित पक्राउ परेका तीनै जनालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्