महाकाली पुल पुगेर सकियो गगन थापाको 'संवाद यात्रा'

बुधबार, वैशाख ५, २०८१
honor mob  winter sales

काठमाडौं । झापाको मेची पुलबाट सुरु भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाको 'संवाद यात्रा' को समापन भएको छ। कांग्रेसको समुदायमा कांग्रेस अन्तर्गत गत माघ १३ गतेदेखि सुरु भएको महामन्त्री थापाको 'संवाद यात्रा' कञ्चनपुरको महाकाली पुलमा पुगेर सकिएको हो । 

Honor x7 pad

आफ्नो 'संवाद यात्रा' टुंगिएकोबारे महामन्त्री थापाले सामाजिक संजालमार्फत जानकारी दिँदै यात्राको क्रममा हुलाकी राजमार्ग अन्तर्गत १४५० किलोमिटर २१ वटा जिल्ला हुँदै यात्रा गरेको पनि उल्लेख गरेका छन् । 

महामन्त्री थापाले यो 'संवाद यात्रा' ले कांग्रेसलाई समुदायमा फर्काउने र पार्टी रुपान्तरणको अभियानको थालनी गरेको बताएका छन् । उनले लेखेका छन्, ‘यस संवाद यात्राका क्रममा हामीले खुला संवाद, स्थानीय समस्या र सम्भावनामा केन्द्रित संवाद, सेवा प्रवाह गर्ने ठाउँको अवलोकनको कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएर स्थानीय तहमा काम गरिरहेको मान्छेसँग व्यक्तिगत कुराकानी लगायतका कार्यक्रमहरू गरी नेपाली कांग्रेसलाई समुदायमा फर्काउने र पार्टी रूपान्तरणको अभियानको थालनी गरेका छौँ।’

उनले अगाडि लेखेका छन्, ‘यस चरणको संवाद यात्राको अन्तिम दिन सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल धनगढीस्थित नैनादेवि मन्दिर दर्शनसँगै, नेपाली क्रिकेट क्षेत्रमा अतुलनीय योगदान दिइरहेको सुदूरपश्चिम र सुदूरपश्चिमको क्रिकेटका लागि विशेष योगदान  र सम्भावना भएको फाप्ला क्रिकेट मैदान सुधार, स्तरोन्नति र आवश्यकता पहिचानका लागि अवलोकन, प्रत्यक्ष अपेक्षा ,गुनासा र प्रश्नहरू सुन्ने क्रमलाई निरन्तरता दिँदै धनगढीमा नागरिक अन्तरक्रिया र पार्टी अन्तरक्रिया पश्चात् कञ्चनपुरमा शहीद परिवारसँग भेटघाट, जनताका सवाल जनतासँगै रहेर सुन्ने हाम्रो प्रयत्न र खुला संवाद ,जनप्रतिनिधिसँग सघन संवाद गर्‍यौँ ।’

नेता थापाले यात्रामा जोडिएका सबैलाई धन्यवाद दिँदै हुलाकी राजमार्ग अन्तर्गत यो संवाद यात्राको अन्तिम दिन भएता पनि आफ्ना लागि यो एउटा नौलो यात्राको प्रारम्भ भएको महसुस गरेकोसमेत उल्लेख गरेका छन् ।र, अन्त्यमा महामन्त्री थापाले लेखेका छन्, ‘संवाद यात्रा टुङ्गिएको छैन अब निरन्तर हिँड्ने हो ।’

यसपालि नेता थापाले समुदायमा पुगेर कुनै औपचारिकता बिना नै समुदायका कुरा सुनेका थिए । समस्या, गुनासा र समाधानका बारेमा कुरा सुनेपछि नेता थापाले छोटो मन्तव्य राखेर अगाडि बढेका थिए । 

नेता थापाले यसरी मेचीदेखि महाकालीसम्मको संवाद यात्राबाट स्थानीयको चाहना, समस्या र अपेक्षा प्रत्यक्ष रुपले अनुभूति गर्न पाएको बताएका छन् । 

यो यात्राबाट आफूले नेपाल र नेपालीका बारेमा कयौँ कुराहरु सिक्ने अवसर पाएको भन्दै अब हिँड्ने यात्रा निरन्तर रहने बताएका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्