ट्यांकरको ठक्करबाट बारामा प्रहरी जवानको मृत्यु

मंगलबार, वैशाख ४, २०८१
honor mob  winter sales

बारा। बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। ट्यांकरको ठक्करबाट जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत २९ वर्षीय प्रहरी जवान दिनेश परियारको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

गए राति पौने जितपुर सिमरा उपमहानगरपालिका-२ सन्चार नजिकै ११ बजे प्रहरी जवान सवार ग१४प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना७ख ३०२६ नम्बरको तेल ट्यांकरले पछाडिबाट ठक्कर दिएको बारा प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान परियारको उपचारका क्रममा परवानीपुरको एल.एस.न्युरो अस्पतालमा आज बिहान साढे १ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बारा प्रहरीले ठक्कर दिने ट्यांकर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्