मलामी गएका व्यक्तिको चिर्पट प्रहारले शव जलाउनेको मृत्यु

मंगलबार, वैशाख ४, २०८१
honor mob  winter sales

इटहरी।  सुनसरीमा मलामी गएका व्यक्तिले कुटपिट गर्दै चिर्पटले हान्दा शव जलाउने व्यक्तिको मृत्यु भएको छ।सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको हो । 

Honor x7 pad

सोमबार  दिउँसो ‘मुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो । 

इटहरी उपमहानगरपालिका–४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकामा प्रहार गर्दा घाइते भएका तामाङको उपचारका क्रममा वेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी फरार अनिल तामाङको खोजी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्