डाँगीलाई सहिद घोषणा गर्न राप्रपाको माग

सोमबार, वैशाख ३, २०८१
honor mob  winter sales

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा घाइते भएर उपचारका क्रममा मृत्यु भएका नेता ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ।  

Honor x7 pad

राप्रपाले आज एक शोक वक्तव्य जारी गर्दै स्व. डाँगीलाई सहिद घोषणा गर्न माग गर्दै परिवारलाई क्षेतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ। साथै डाँगीको निधनले राप्रपालाई ठुलो क्षेति पुगेको बताउँदै शान्तिपुर्ण प्रदर्शनमा सरकारले गरेको प्रशासनिक दमनको घोर निन्दा समेत गरेको राप्रपाले जनाएको छ। शान्तिपुर्ण आन्दोलन नागरिकको हत्या हुनु कायरता र लोकतान्त्रको उपहास भएको राप्रपाले भनेको छ।

राप्रपाले स्व. डाँगीको निधनमा देशभर सबै जिल्ला पार्टी कार्यालयमा ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने समेत निर्णय गरेको छ। राप्रपाले उनको १३ औं दिनको पुण्य तिथिमा देशभरका सबै जिल्लामा शोकसभा गरे भएको छ।

स्व. डाँगी राप्रपा बर्दियाको मधुवन नगरकार्यसमिति अध्यक्ष थिए। उनको  उपचारका क्रममा आज बिहान ४ बजे छाउनी अस्पतालमा मृत्यु भएको हो। प्रदर्शनका क्रममा प्रहरीले हानेको अश्रुग्यासबाट गम्भीर घाइते भएका ६५ वर्षीय डाँगीलाई श्वासप्रश्वासमा र टाउकोमा समस्या देखिएको थियो। 

चैत २७ गते विभिन्न ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको राप्रपाको प्रदर्शनमा निषेधाज्ञा क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहरा, अश्रुग्यास र लाठीचार्ज गर्दा ३ दर्जन नेता-कार्यकर्ता घाइते भएका थिए।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्