नेपाल पुग्यो एसिसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा

सोमबार, वैशाख ३, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल ओमानमा जारी एसिसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार तेसो खेल जित्दै नेपाल प्रतियोगिताको अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो।

Honor x7 pad

आज वर्षाका २० ओभरको खेललाई १८ ओभरमा झारिएको खेलमा सबै विकेट गुमाएर हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो। नेपालले जवाफी ब्याटिङ गर्दै १२.२ ओभरमा ओपनर आरिफ शेख र कुशल भुर्तेललाई गुमाउँदै ११७ रन बनाउदै तेस्रो खेल पनि जित्दै सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको हो।

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ। यसअघि नेपालले मलेसियालाई ५ विकेट , कतारलाई ३२ रनले पराजित गरेको थियो। कतारविरुद्दको खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले एक ओभरमा ६ हान्ने विश्वकै तेस्रो खेलाडी बनेका छन् 

आजको खेलमा ओपनर आशिफले ४० र कुशलले ३२ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले २५ र सन्दीप जोराले १९ रन बनाउदै जित दिलाएर सेमिफाइनलमा पुर्याएका हुन् ।

हङकङविरुद्द नेपालका अबिनाश बोहराले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २- २ र  करण केसीले १ विकेट लिएका थिए। हङकङका लागि अन्से राठले सर्वाधिक ३४ रन बनाएका थिए। एहसान खान र यासिम मुर्तजाले  नेपालविरुद्ध १-१ विकेट लिएका हुन्।

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया , हङकङ र मलेसिया छन् । त्यस्तै समूह बी मा ओमान, यूएई,कम्बोडिया  र बहराइन छन् ।

नेपाल रहेको समूहबाट एक खेल अगावै नेपाल सेमिफाइनलमा पुगिसकेको हुँदा अब उक्त समूहबाट सेमिफाइनल यात्रा तय गर्ने एक राष्ट्रको टुंगो लाग्नेछ ।  फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ।

नेपाली टोलीमा रोहित पौडेल ९कप्तान ० कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्