१ क्विन्टल सुन बरामद प्रकरण: जाँचपासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी

बिहीबार, साउन ४, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १ क्विन्टल सुन बरामद प्रकरण अघि जाँचपासमा संलग्न सबै कर्मचारीहरुलाई निलम्बन गर्ने तयारी भएको छ।

Honor x7 pad

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका  अनुसार केहीबेरमा यसबारे निर्णय गरिदैछ। यस जाँचपासमा संलग्न सबैलाई निलम्बन गरिने बारेमा आन्तरिक छानबिन थालिएको  महानिर्देशक पौडेलले बताए।

हङकङबाट मंगलबार आएको १ क्विन्टल सुनलाई बुधबार बिना जाँचपास गरि त्रिभुवन विमानस्थलबाट टयाक्सीमा राखेर बाहिर ल्याउदै गर्दा राजस्व अनुसन्धान विभागले  बरामद गरेको थियो।

यस प्रकरणमा ६ जनालाई पक्राउ गरेर थप अनुसन्धान थालिएको राजस्व अनुसन्धान बिभागले जनाएको छ। यसपटक बरामद गरिएको सुन नेपालकै इतिहासमा सबैभन्दा बढी हो।

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्