हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

सोमबार, वैशाख ३, २०८१
honor mob  winter sales

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कपको आफ्नो तेस्रो खेलमा नेपालले हङकङबाट  ११५  रनको लक्ष्य पाएको छ। नेपाली समयअनुसार पौने १२ बजे सुरु हुने भनिएको खेल केहीबेर वर्षाले रोकिएको थियो।

Honor x7 pad

वर्षाका कारण खेल ढिलो सुरु हुँदा १८ ओभरमा खेलाइएको खेलमा नेपालले टस जितेर बलिङ रोज्दै हङकङलाई ब्याटिङ गर्न दिएको हो।  जसमा हङकङले १७.५    ओभरमा  १०  विकेट गुमाउँदै  ११४  रन  बनायो।

हङकङका लागि  अन्से राठले सर्वाधिक ३४ रन बनाए। नेपालका अबिनाश बोहराले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २- २ र  करण केसीले १ विकेट लिए।

नेपाल लगातार दुई खेलमा जित निकालिसकेको छ भने हङकङ एक खेल मा जित र एक हार बेहोरिसकेको छ।नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरिसकेको छ भने हङकङले पनि पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो। त्यस्तै हङकङ दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो।

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया , हङकङ र मलेसिया छन् । त्यस्तै समूह बी मा ओमान, यूएई,कम्बोडिया  र बहराइन छन् ।

नेपालले अम्तिम खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

दुबै समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्  भने फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान ) कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्