दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

आइतबार, वैशाख २, २०८१
honor mob  winter sales

घोराही (दाङ )। दाङको घोराहीमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। बबई नदी किनारमा खेल्ने क्रममा माटोको ढिस्कोले पुरिएर घोराही उपमहानगर-९ कर्मटियाका १२ वर्षीय आशिष चौधरी र १२ वर्षकै माधव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ।

Honor x7 pad

आज दिउँसो १ बजेतिर नदी किनारमा खेल्ने क्रममा माटोको ढिस्को खस्दा  ४ जना बालकहरुमध्ये ३ जनालाई पुरेको प्रहरीले जनाएको छ। माटोको ढिस्कोले पुरिएका एक बालकलाई सकुशल उद्दार गरिएको थियो।अन्य दुई बालकलाई अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका थिए।

माटोको ढिस्कोले पुरे लगत्तै एक बालक गाउँमा गएर खबर गरेका थिए। तत्काल गाउँलेहरुले घटनास्थल पुगेर उद्दार गरेर अस्पताल पुर्याएपनि उनीहरुको अगाडि नै मृत्यु भइसकेको चिकित्सकले बताएको प्रहरीले जानकारी दिएको छ।

उक्त घटना भएको स्थान बबई नदी किनारमा इटटा भटटा सन्चालकले खनेर बनाइएको खाल्डो रहेको र सोही खाल्डोमा खेल्ने क्रममा माटोको ढिस्को खसेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्