बाँके प्रहरीलाई मिडियामैत्री बनाउँछौ: एसपी कार्की

आइतबार, वैशाख २, २०८१
honor २२ sept

नेपालगन्ज । बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बाँके प्रहरीलाई मिडियामैत्री बनाउने प्रतिवद्दता जनाएका छन् । जिल्ला प्रहरी बाँकेको प्रमुखका रुपमा केही दिनअघि मात्र सरुवा भएर आएका एसपी कार्कीले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा मिडियाकर्मीसँग आज गरिएको परिचयात्मक कार्यक्रममा आफ्नो कार्यकाल मिडियामैत्री हुने प्रतिवद्दता व्यक्त गरेका हुन् ।

X7D

एसपी कार्कीले आफ्नो बाँके बसाईँको कार्यकालसम्म मिडियामैत्री  बनाउने बताउँदै प्रहरीसँग भएका सबै सूचना अनुसन्धानमा प्रभाव नपार्ने गरि उपलब्ध गराउने प्रतिवद्दता गर्दै पत्रकारहरुलाई सूचनाको सुरक्षा गर्न आग्रह पनि गरेका हुन् । साथै जिल्लामा अपराध नियन्त्रणमा शुन्य सहनशिलता अवलम्बन गर्ने दृढ़ता जनाउँदै प्रहरीलाई पूर्ण व्यवसायिक बनाउने बताए।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ८ महिनाको अवधिमा ६४ वटा जघन्य प्रकृतिका मुद्दामध्ये ५४ वटा मुद्दा फच्र्यौट गरेको जनाएको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले चालू आर्थिक वर्षको ८ महिनामा ५४ वटा मुद्दा फच्र्यौट भएको बताएका हुन् । बाँके प्रहरीमा दर्ता भएका ८ कर्तव्य ज्यान मुद्दामध्ये ६ वटा फच्र्यौट भएको र मानव वेचविखन तथा ओसारपसारमा ९ मुद्दा दर्ता भएकोमा ८ वटा फच्र्यौट भएको तथा डाँका चोरीमा ५ मुद्दा दर्ता भएकोमा ३ फच्र्यौट भएको डाँगीले बताए।

त्यसैगरि दर्ता भएका ४२ जबरजस्ती करणी मुद्दातर्फ  ३७ मुद्दा फच्र्यौट भएकोमा  साईबर क्राइमतर्फ  ९८ मुद्दा दर्ता भएकोमा ७ वटा मुद्दा मात्र फच्र्यौट भएका हुन् ।  उक्त  ७८ वटा मुद्दालाई तालुक कार्यालयमा पठाइएको प्रवक्ता डाँगीले जानकारी दिए। प्रवक्ता डाँगीका अनुसार प्रहरीमा चैत मसान्तसम्म दर्ता भएका १ हजार ८६ मुद्दाका लागि ५ हजार ८१ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको हो।

बाँके प्रहरीले फैसला कायान्यनतर्फ २३२ जनालाई पक्राउ गरि अदालतमा बुझाउदै २३ लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरेको उनले बताए । परिचयात्मक कार्यक्रममा पत्रकारहरुले प्रहरीलाई व्यवसायिक बन्न र समयमा सूचना उपलब्ध गराउन एसपी कार्कीलाई आग्रह गरेका थिए।

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्