नाउपाका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखलाई भेट्न् रन्जिता धनगढीमा

आइतबार, वैशाख २, २०८१
Honor 600 pro

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरीपक्ष र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पक्षकै  सांसदहरुले छुट्टाछुट्टै तरिकाले सुूदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि राजनीतिक माहोलमा तरङ्ग पैदा भएको छ।

रेशम पक्षका लक्ष्मणकिशोर चौधरी र रन्जिता पक्षका कैलाश चौधरीले छुट्टाछुट्टै रुपले प्रदेश प्रमुख नजिर मिँयासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेपछि अध्यक्ष श्रेष्ठ धनगढी आईपुगेकी छिन् । एउटै पार्टीका दुई जनाले दाबी पेस गरेपछि श्रेष्ठ प्रदेश प्रमुखलाई भेट्न् धनगढी आएकी हुन् ।

धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले नाउपा केन्द्रीय सत्ता गठबन्धन अनुसार नै जाने बताइन् । पार्टी एउटै भएकाले पार्टीको निर्देशन अनुसार नै जानुपर्ने उनले भनिन् । "केन्द्रीय गठबन्धन अनुसार प्रदेश गठबन्धन हुने हुँदा  बिहान प्रधानमन्त्री ज्यु सँग छलफल भइसकेको छ" उनले बताइन् ।

आज दिउँसो रेशम पक्षका लक्ष्मणकिशोरले  कांग्रेसका १८, नाउपा (रेशम पक्ष ) का ४ र नेकपा एसका ४ जना सांसदहरुको समर्थनमा प्रदेश प्रमुख नजिर मिँयासमक्ष  मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका हुन् भने त्यसको केही बेरमा रन्जिता पक्षका कैलाशले पनि नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका सभामुख सहित ११ जना सांसदको समर्थनमा दावी पेस गरेका हुन् । 

एउटै पार्टीका दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गर्दा प्रदेश प्रमुख नै अलमलमा परेका छन् । कानुनी परामर्शपछि मात्र निर्णय गर्ने भनेर प्रदेश प्रमुखले जवाफ दिइसकेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्