बढुवा भएका १९ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

आइतबार, वैशाख २, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका १९ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले डीएसपीमा बढुवा भएका १९ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

दर्ज्यानी चिन्ह प्रदान गर्दै महानिरीक्षक कुँवरले संगठनप्रति कटिबद्द भएर काम गर्नुका साथै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर संगठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार भएर खरो रूपमा उत्रन निर्देशन दिएका हुन।

इन्स्पेक्टरबाट  निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर चन्द, राजन लामा र कमल कुमार खड्का डीएसपीमा बढुवा भएका हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्