सल्यानका कांग्रेस सभापति बिष्टलाई कुटपिट गर्ने पूर्वाधार कार्यालयका प्रमुख पक्राउ

आइतबार, वैशाख २, २०८१
honor mob  winter sales

सल्यान । सल्यान नेपाली कांग्रेस पार्टी सभापति केशरबहादुर बिष्टलाई कुटपिट गर्ने सल्यानका पुर्वाधार बिकास कार्यालयका प्रमुख हरिबहादुर वली पक्राउ परेका छन् । सभापतिको जाहेरी पश्चात् वलीलाई पक्राउ गरिएको सल्यान प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

५६ वर्षीय कांग्रेस सभापति बिष्टलाई कुटपिट गरेको आरोपमा सल्यान प्रहरीले सिडिई वलीलाई आज बिहान पक्राउ गरेको हो। चैत २९ गते साँझ जिल्लाको सल्लीबजारको कृष्ण होटेलमा ३६ वर्षीय वलीले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ।

सिडिई वलीको कुटाईबाट सभापति बिष्टको टाउकोमा चोट लाग्दा ५ वटा टाँका लगाइएको छ। होटेलमा बसेर कुराकानी गर्दै गरेको अवस्थामा वलीले सभापति बिष्टलाई बियरको बोटलले टाउकोमा हानेका थिए। 

पक्राउ परेका वलीविरुद्द कुटपिट तथा अभद्र व्यवहारमा मुद्दा चलाइने जानकारी दिँदै घटनाकोबारेमा थप अनुसन्धान सुरु गरेको सल्यान प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्