सहिदनगरको गहुँ खेतमा महिलाको शव भेटियो, हत्याको आशंका

आइतबार, वैशाख २, २०८१
Honor 600 pro

धनुषा । धनुषाको हंसपुर नगरपालिकास्थित गहुँ खेतमा एक जना महिलाको शव फेला परेको छ।

नयाँ वर्षको दिनको साँझ ६ बजेदेखि सम्पर्कविहीन भएकी धनुषाको सहिदनगर नगरपालिका- ननुपट्टि गएकी हंसपुर-७ की ५५ वर्षीया महिला शुभदेवी मण्डलको गहुँ खेतमा आज बिहान ९ बजे शव फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृतक महिला शुभदेवीको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको हत्या गरेर गहुँ खेतमा फालेको हुन सक्ने प्रहरीले आशंका गरेको हुन सक्ने जनाएको छ।

सहिदनगरको ननुपट्टि शुभदेवीको माइती गाउँ रहेको र एक जना आफन्तको मृत्यु भएको हुँदा उनी त्यहा गएको प्रहरीले जानकारी दिएको छ।

शव फेला परेको स्थलमा प्रहरीले तालिमप्राप्त कुकुरको सहायताबाट अनुसन्धान सुरु गरेको जनाएको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्