गृहमन्त्रीलाई बचाउन सरकारले संसद अधिवेशन अन्त्य गर्यो: कांग्रेस

आइतबार, वैशाख २, २०८१
honor mob  winter sales

काठमाडौं ।  सरकारको संसद अधिवेशन बन्द गर्ने निर्णयको नेपाली कांग्रेसले निन्दा गरेको छ। आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णयको विरोध गर्दै सरकारलाई गलत कदम नउठाउन चेतावनी दिएको छ।

Honor x7 pad

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट अधिवेशनको लागि पर्याप्त समय हुँदै गर्दा सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुको मुख्य कारण गृहमन्त्री रवि लामिछानेको बचाउ गरेको बताए। यो निर्णय अत्यन्त निन्दनीय रहेको लेखकले भने।

सरकारको उक्त कदमको कांग्रेसले घोर आपत्ति जनाउँदै अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताकाविरुद्द कार्य नगर्न चेतावनी दिएको प्रमुख सचेतक लेखकले बताए।

गृहमन्त्री लामिछाने आफैं सहकारी ठगी प्रकरणमा मुछिएको हुँदा कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गर्दा सरकारले गृहमन्त्रीलाई बचाउन संसद अधिवेशन नै अन्त्य गरेको लेखकले बताए।

कांग्रेसले गृहमन्त्रीको छानबिनका लागि छानबिन समिति बनाउने मागबाट पछि नहट्ने प्रमुख सचेतक लेखकले बताए।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्