सम्बत २०८१ बेथिति अन्त्यको वर्ष बनोस्: गोपाल अधिकारी

शनिबार, वैशाख १, २०८१
honor mob  winter sales

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले आजदेखि सुरु भएको नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

Honor x7 pad

कार्यवहाक सभापति गोपाल प्रसाद अधिकारीले एक शुभकामना सन्देश जारी गर्दौ नयाँ वर्ष २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्  । नयाँ वर्षले सबैमा नयाँ सोच, उमंग र उत्साह सिर्जना गर्दै सामाजिक र राजनीतिक क्षेत्रमा नयाँ आशाका किरणहरु छर्न सकोस् भन्दै शुभेच्छा प्रकट गरिएको छ।

शुभकामना सन्देशमा भनिएको छ, "मुलुकले सात दशक लामो संघर्षपछि प्राप्त गरेको संविधानको सफल कार्यान्वयन, जनजिविकाको सवाल र नागरिक अपेक्षाको यथोचित सम्बोधन तथा बेथिति, भ्रष्टाचार, कुशासन र अराजकता अन्त्यको दिशामा नयाँ वर्ष २०८१ अग्रसर बन्न सकोस् भन्ने कामना गर्दछौं । वर्ष २०८० का राम्रा र सबल पक्षहरुको प्रबलीकरण तथा विर्सनलायक घटनाहरूको निर्मूलीकरण गर्दै विकास र समृद्धिको नवीन मार्ग पहिल्याउन नयाँ वर्ष २०८१ सार्थक बनोस् भन्ने सदिच्छा प्रकट गर्दछौं ।" 

कार्यवाहक सभापति अधिकारीले २०८० मा प्रारम्भ गरिएका राम्रा कामहरुको निरन्तरतासंगै थप राजनीतिक, सामाजिक र सिर्जनात्मक कार्यहरुको श्रीगणेश गर्न नयाँ वर्ष २०८१ कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् । "नि:सन्देह नेपाली कांग्रेस बाँके हर-क्षण; हर-पल जनताका सुखदुःखमा संगसंगै छ। विगतको भूमिका, दायरा र अभिभारालाई सम्बत २०८१ मा अझ फराकिलो र जिम्मेवारपूर्ण बनाउन हामी प्रतिबद्ध छौँ," शुभकामना सन्देशमा भनिएको छ ।  

अधिकारीले कृषिमा आधुनिकीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलताको अधिकतम विकास गरेर मुलुक बनाउने अभियानको प्रारम्भ वर्षका रुपमा नयाँ वर्ष २०८१ स्थापित हुन सकोस् भन्ने कामना समेत ब्यक्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्