त्रिभुवन विमानस्थलबाट ठुलो परिमाणमा श्रोत नखुलेको विदेशी मुद्रासहित ४ जना पक्राउ

बिहीबार, साउन ४, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले श्रोत नखुलेको विदेशी मुद्रासहित विमानस्थलबाट  ४ जनालाई पक्राउ गरेको छ। बरामद गरिएको विदेशी मुद्रा करिब एक करोड नेपाली रूपैयाँ हुन आउने बताइएको छ।

Honor x7 pad

त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा विदेश जान लागेका ४ जनाबाट प्रहरीले गए राति ११ बजे  ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ५७  ओमान रियाल र ४८८ बहराइन दिनार बरामद गरेको।

विमानस्थल प्रहरीका अनुसार विदेशी मुद्रासहित पक्राउ पर्नेमा गुल्मीका सन्तोष पन्थी, दिपेश राना  र  बुटवलका अनिश थापा लगायत छन्। प्रहरीका अनुसार पक्राउ परेका अनिश  गए राति साढे ११ बजे भिजिट भिसामा हिमालय एअरलाइन्सबाट दुबई जाँदै थिए।  

त्यस्तै विमानस्थलबाटै पक्राउ परेका मध्ये गुल्मीका सन्तोष र दिनेश लगायतले विदेशी मुद्रालाई चाउचाउको कार्टुनमा राखेर विमानस्थल लगेर अनिशलाई दिएको प्रहरीले बताएको छ।

पक्राउ परेका अनिशको चेजजाँच का क्रममा सुटकेशभित्र चाउचाउको कार्टुनमा अवैध विदेशी मुद्रा भेटेपछि यसबारेमा आफुलाई  थाहा नभएको बताएपछि विमानस्थल परिषरमै रहेका पैसा पुर्याउन आएका सन्तोषसहितको टोलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका ४ जनालाई गौशाला हिरासतमा राखेर आजदेखि थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्