नाउपा सुदूरपश्चिम सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित

शुक्रबार, चैत ३०, २०८०
Honor 600 pro

कैलाली ।सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बनमा परेका छन् । वर्तमान समयमा पार्टीमा हावी भएकी अध्यक्ष रन्जिता श्रेष्ठले सांसद चौधरीलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् ।

अध्यक्ष श्रेष्ठले प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै सांसद चौधरीलाई ३ महिना पार्टीबाट निलम्बन गरेको जानकारी गराएकी छिन् । 

सांसद चौधरीलाई पार्टीको बैठकमा पटकपटक बोलाउदा उपस्थित नभएपछि निलम्बन गरिएको श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ। चौधरी यसअघि नाउपा संसदीय दलको अध्यक्ष थिए।

संस्थापक रेशम चौधरी समर्थक रहेका सांसद चौधरीलाई बदलाभावले निलम्बन गरिएको रेशम पक्षले आरोप लगाएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्