दुई संसदीय समितिको बैठक बस्दै

शुक्रबार, चैत ३०, २०८०
Honor 600 pro

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका दुई संसदीय समितिको आज बैठक बस्दैछ।

संसदीय समिति अन्तर्गत आज बिहान ११ बजे शिक्षा , स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो। त्यस बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकमा छलफल गरिने भएको छ।

त्यसैगरि आज बिहान ११ बजे नै विधायन व्यवस्थापन समितिको बैठक बस्ने छ। जसमा सुरक्षित कारोबार ( पहिलो संशोधन)विधेयक , २०८० उपर छलफल हुने बताइएको छ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्