कपिलवस्तुमा ३ बिघा गहुँ खेतमा आगलागी, जलेर खरानी

बुधबार, चैत २८, २०८०
Honor 600 pro

कपिलवस्तु । कपिलवस्तुमा घरमा भित्र्याउन तयारी अवस्थामा रहेको ३ बिघा खेतमा लगाएको गहुँमा आगलागी भएको छ। जिल्लाको मायादेवी गाउँपालिका-२ भैंसकुण्डा गाउँमा ३ बिघा खेतमा आगलागी हुँदा गहुँ जलेर खरानी भएको छ।

आज दिउँसो मेसिनले गहुँ काटिरहेको समयमा एक्कासी आगो सल्किएको कपिलवस्तु प्रहरीले जनाएको छ। एक्कसी दन्किएको आगोले गहुँ काट्नेमेसिन पनि जलेर नष्ट भएको हो। आगलागीले गहुँ पुर्ण रुपमा नष्ट हुँदा किसानहरु चिन्तित बनेका छन्।

प्रहरीका अनुसार सवा १२ बजे सल्किएको आगो नियन्त्रणमा आउन आधा घण्टा लागेपनि ५ जना किसानले लगाएको ३ बिघा खेतको गहुँ जलेर खरानी भएको हो। आगो नियन्त्रणमा लिन स्थानीय , प्रहरी र दमकलको समेत प्रयोग गरिएको थियो।

प्रहरीले  आगलागीको कारण खुल्न नसकेको जनाउँदै त्यसबारेमा अनुसन्धान गर्ने कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्