गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

बुधबार, चैत २८, २०८०
Honor 600 pro

काठमाडौं । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्म अन्तरिम आदेश दिएको छ।

गण्डकीका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै दिएको रिटमा न्यायाधीश विनोद शर्माको एकल इजलासले आज सो आदेश दिदै सरकार गठन सम्बन्धमा कारण देखाऊसहितको अन्तरिम आदेश दिएको हो।

कांग्रेसका पाण्डेले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै उक्त नियुक्ति खारेज गरि आफैलाई पुन: मुख्यमन्त्रीमा पुनर्वहाली गर्न भन्दै मंगलबार रिट दायर गरेका थिए।

 

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्