बैशाख ६ गते कोशीमा विशेष अधिवेशन आह्वान

बुधबार, चैत २८, २०८०
honor mob  winter sales

कोशी । आगामी बैशाख ६ गते कोशी प्रदेशको विशेष अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको विशेष अधिवेशन आह्वान गरेका हुन्।

Honor x7 pad

चैत २६ मा नेकपा माओवादी र नेकपा एमालेले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम 

जेठ ११ गते संसदको नियमित अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए।

प्रदेश प्रमुखले दुई दिन लगाएर परामर्श गर्दै आगामी बैशाख ६ गते दिउँसो १ बजे प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका हुन् ।

यस्तो छ प्रदेश प्रमुखले जारी गरेको पत्र-

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्