गृहमन्त्री आफैं संसदीय छानबिन समिति बनाउन डराइरहेका छन् : कांग्रेस

बुधबार, चैत २८, २०८०
honor mob  winter sales

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग राख्दै आज पनि संसद अवरोध गरेको छ।

Honor x7 pad

आज बैठक सुरु भए लगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीले संसदीय छानबिन समिति बनाउनमा किन डराइरहेको प्रश्न गरेका छन् ।

बैठकमा बोल्दै खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेपछि प्रहरीले गर्ने अनुसन्धान रोकिएको भन्दै आक्रोश पोखेका हुन् ।

काठमाडौंबाट सिआईबीले दुई जना कर्मचारीलाई सहकारीको अनुसन्धान गर्न पोखरा पठाउदा उक्त टोलीले सहकारी प्रकरणमा लामिछानेको संलग्नता रहेको भन्ने रिपोर्ट तयार गरेपनि सत्ता परिवर्तन भएपछि उक्त रिपोर्ट पनि परिवर्तन भएको आशंका कांग्रेसले गरिरहेको सांसद  खतिवडाले भने।

जसमाथि अनुसन्धान हुँदै थियो, सोही नै गृहमन्त्री बनेपछि प्रहरीले प्रहरीको अनुसन्धान रुक्दा सहकारी पीडितहरु झनै मर्कामा परेको उनले बताए। सरकारले जबसम्म संसदीय छानबिन समिति बनाउदैन तब सम्म संसद अवरोध कांग्रेसले गर्ने खतिवडाले बताए।

 

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्