प्रकाशमानले गृहमन्त्रीलाई भने- राजीनामा दिएर छानबिनमा सघाउनुहोस्

बुधबार, चैत २८, २०८०
honor २२ sept

काठमाडौं । सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेले अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्।

X7D

यसअघि पनि बजेट बनाउदा विवादमा मुछिएर पूर्व अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि संसदीय छानबिन समितिको छानबिनमा क्लिनचिट पाएर पुनः अर्थमन्त्री मै फर्किएको नेता सिंहले स्मरण गराए।

गृहमन्त्रीले पनि आफुलाई आरोप लागेपछि राजीनामा दिएर छानबिनमा सघाउनु सिंहले बताए।

गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लाग्दा उनकै प्रहरी संगठनले कसरी अनुसन्धान गर्ला? तशर्थ गृहमन्त्रीले राजीनामा दिनुपर्ने सिंहले बताए। 

कांग्रेसले पनि सरकारले संसदीय छानबिन समिति नबनाएसम्म संसद चल्न नदिए निर्णय गरिसकेको नेता सिंहले भने।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्