गण्डकीका मुख्यमन्त्रीको नियुक्ति खारेजको माग गर्दै सुरेन्द्र पाण्डेले दिए सर्वोच्चमा रिट

मंगलबार, चैत २७, २०८०
Honor 600 pro

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्न भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

पाण्डेले  प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई गरिएको नियुक्ति असंवैधानिक भएको  बताउँदै आफूलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा निरन्तरताका लागि अन्तरिम आदेशसहितको परमादेश जारी गर्न माग गर्दै आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।

नेकपा माओवादीबाट गण्डकीको सभामुख बनेका कृष्ण धितालको समर्थनमा भएको मुख्यमन्त्री नियुक्ति प्रक्रिया गलत भएको भन्दै आज पाण्डेले आपत्ति जनाउँदै रिट हालेका हुन् । अधिकारीलाई नेकपा एमालेका २२ , माओवादीका सभामुख धितालसहित ८, र गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीब गुरुङ (दीपक मनाङे) ले समर्थमा प्रदेश प्रमुख भट्टसमक्ष  दाबी पेश गरिएपछि अधिकारीलाई भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए।

निवर्तमान मुख्यमन्त्री पाण्डे गण्डकीले कोशीको घटना दोहर्याएको भन्दै तत्काल परमादेश गरि आफैलाई मुख्यमन्त्रीमा पुनर्वहाली गर्न माग गरेका छन् ।

यस्तो छ सर्वोच्चमा दायर भएको रिट-

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्